सवारी दुर्घटनामा घाइते भएका राप्रपा नेता श्रेष्ठको मृत्यु

काठमाडौँ । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १-०५-००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।

उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । पार्टी प्रवक्ता मोहन श्रेष्ठले उनको निधनबाट पार्टीलाई ठूलो क्षति भएको जनाएका छन् । उनी राप्रपा खोटाङको झन्डै १५ वर्ष जिल्ला अध्यक्ष थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुट

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुट दिने भएको छ । एयरलाइन्सले दोहा, …

प्रतिकृया दिनुहॊस