काठमाडौँ । प्रधानमन्त्री शेरबहादु देउवाले आम निर्वाचन मंसिरभित्रै चुनाव हुने बताएका छन् । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने चर्चा चलिरहेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
बिहान ‘कान्तिपुर हाफ म्याराथन’को उद्घाटनपछि देउवाले सरकारमा रहेका दलसँग चुनावको मितिबारे छलफल भइरहेको बताए । ‘हामी सरसल्लाह गर्दैछौं । कात्तिकमै गरे पनि हुन्छ । ढिलो गर्यो भने झन् विवाद हुन्छ,’ उनले भने, ‘गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ ।’
उनले आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताएका छन् । ‘जे कारणले गठबन्धन बनेको हो । त्यो कारण सकिएको छैन,’ उनले भने । गठबन्धनभित्र समस्या रहे पनि त्यस्ता समस्या समाधान हुने खालका रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।
तपाईंको प्रतिकृया



