सर्वनाम शिक्षालयका होस्टल वार्डेनलाइ यौन दुर्व्यवहारको आरोप, प्रिन्सिपल प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंकाे जोरपाटीमा सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । छात्राहरुले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएसँगै शनिबार अभिभावकहरु होस्टल पुगेका हुन् । अभिभावकहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् ।

घटनाका विषयमा जानकारी लिन खोज्दा प्रिन्सिपल दुर्गानाथ शिवाकोटीले दुर्व्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका छन् । प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपल शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ । यौन दुर्व्यवहारको विषयमा जाहेरी दिनका लागि अभिभावकहरु पनि प्रहरी वृत्त बौद्धमा पुगेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री