बाउन्स चेक काट्ने गोरखाकी लक्ष्मी पक्राउ, १२ लाख जरिवाना

काठमाडौं । बाउन्स चेक काट्ने गोरखाकी लक्ष्मी सापकोटा नाम  गरेकी महिला पक्राउ परेकी छिन् । नेपाल बंगलादेश बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बानेश्वरबाट आज पक्राउ गरेको हो ।

५१ वर्षिया ती महिलालाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०६८ साल पुस ५ गते दोषी ठहर गरेको थियो तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् । अदालतले साढे १२ लाख जरिवाना र ३ दिनको जेल सजाए सुनाएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री