खुल्यो पोखरा विमानस्थल

काठमाडाैँ । तेल बोकेको ट्यांकर हटाएपछि पोखरा विमानस्थल खुलेको छ । आज बिहान धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएपछि विमानस्थल बन्द गरिएको थियो ।

आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै रिफ्युलर ट्यांकर पल्टिदा केही घण्टा हवाइ उडान र अवतरण कार्य रोकिएको थियो ।

पेरिमिटर रोडको नजिकै पल्टिएको ट्यांकर हटाइसकेपछि अहिले विमानस्थल खुलेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री