काठमाडौं । सशत्र प्रहरीका असर्इ थमन विककाे हत्या अभियोग लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले अदालतमा आत्मसमर्पण गरेका छन् । शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका हुन् । असर्इ हत्या मुद्दामा अदालतले राज्यमन्त्री शर्मालार्इ दाेषी ठहर गरेपछि उनी केही समयदेखि ‘फरार अभियुक्त’काे सूचीमा थिए ।

सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत घाइते असई थमन विकको मधेस आन्दोलनका क्रममा घाइते भएका विकलार्इ उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाटै थुतेर २०७२ भदौ २५ मा हत्या गरिएको थियाे ।
साे घटनामा शर्माकाे पनि प्रत्यक्ष संलग्नता देखिएकाे भन्दै कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत महाेत्तरीले दोषी ठहर गरेकाे थियाे । उच्च अदालत जनकपुरमा मुद्दा विचाराधीन रहेकै बेला उनी २ नम्बर प्रदेशकाे राज्यमन्त्री बने । राज्यमन्त्रीकाे सपथ खाएलगत्तै उच्च अदालतले उनलाई अदालतमा उपस्थित हुन अादेश जारी गरेकाे थियाे तर उनी भने फरार थिए ।




