सिटिजन्स बैंकद्वारा मालिका बालविद्यालयलाई आर्थिक सहयोग

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कंचनपुरको श्री मालिका बालविद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक, नरेन्द्र चन्दले कंचनपुरको भीमदत्तनगरपालिका वडा नं २, भासीमा रहेको  श्री मालिका बालविद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायलाई ५१ हजार छ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई २६ हजार दुई सय रुपैयाँ तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई २५ हजार चार सय ५० रुपैयाँको छात्रवृति प्रदान गरिने विद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायले जानकारी गराए ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीन लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री