काठमाडौं । माछापुछ्रे बैंकलेGME Remit Pvt. Ltd. लाई बंैकको सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । सम्झौता पश्चात MBL Remit को भुक्तानी GME को ७००० भन्दा बढी एजेण्टहरु बाट हुनुका साथै GME को भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछन् ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र GME Remit Pvt. Ltd. का तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र MBL Remit मार्फत स्वदेशमा पठाएको रकम माछापुछ्रे बैंकका सबै शाखाहरु तथा GME का एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।




