काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको लागेको छ । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
आज महिलाले हरियो रंगको बस्त्र, चुरा, पोते र मेहन्दी हिन्दुधर्म आनुसारका बस्त्र लागाएर शिवको ब्रत बस्ने गर्दछन । महिलाहरु मनोकामना पूरा हुने र आफ्नो श्रीमानको आयु लम्विने विश्वास रहिआएको छ । साउनको पहिलो सोमबारदेखि बोलवम यात्रा गर्ने परम्परा पनि छ ।
तपाईंको प्रतिकृया



