काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएकाे छ । बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । दुवै बैंकको विशेष साधारणसभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पारित गरेसँगै उनी सीईओमा नियुक्त भएका हुन् ।
दुवै बैंकको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी पाएको थियो भने साे सभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पनि पारित गरेको हो । ढुङ्गाना आगामी असार १७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त भएका हुन् । नबिल बैंकका हालका सीईओ अनिल केशरी शाहको कार्यकाल सकिएपछि उनी सीईओ बन्ने भएका छन् ।
एनबी बैंक स्रोतका अनुसार सीईओ ढुङ्गाना भएसँगै सो बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहेनछन् । याेसँगै एनबी बैंकका कर्मचारीहरूको तह भने घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही कायम गरी तह भने घट्ने सम्झौता भएको बैंक स्राेतले वताएकाे छ ।



