सेञ्चुरी बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेकाे बैंकले जानकारी दिएकाे छ ।

२०७८ चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १ सय ३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र १ सय १३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री