काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता

काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले निरन्तर अग्रता कायम गरिरहेका छन् ।

लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार भएका साहले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८५३ मतले पछि पार्दै ३५ हजार १३० मत प्राप्त गरिसकेका छन् । महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो ।

शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरुमा मतगणना जारी छ । अझै ९७ हजार ५३९ मत गणना गर्न बाँकी छ। ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ। जसमध्ये १० र ११ नम्बर वडा कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री