प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य शुक्रबार (आज) प्रतितोला १००० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ९६ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। बिहीबार १ हजार २५५ रुपैयाँ कायम भएको चाँदी आज १ हजार २७० रुपैयाँ कायम भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एनवाईईएफ काठमाडौँद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई …

प्रतिकृया दिनुहॊस