बलात्कारीलाई कारबाहीको माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं – मोडलिङ क्षेत्रकी एक युवतीमाथि भएको बलात्कारको विरोध र पीडितलाई न्याय माग गर्दै आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरिएको छ ।

‘ब्युटी प्याजेन्ट’ कार्यक्रममा आयोजकले एक किशोरीलाई यौनहिंसा गरिएको घटना बाहिरिएपछि पीडितलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको हो । प्रदर्शनका सहभागीले दोषीमाथि कारबाही गर्न माग गरेका छन् । उनीहरूले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउन सरकार र प्रधानमन्त्रीले विशेष पहल र अग्रसरता लिनुपर्ने माग गरेका छन् । मिस ग्लोबल नेपाल नामक ब्युटी प्याजेन्टका आयोजकले आफूलाई प्रलोभनमा पारेर पटक-पटक बलात्कार र यौन हिंसा गरेको भिडियो एक किशोरीले सार्वजनिक गरेपछि दोषीलाई कारबाही गर्नुपर्ने चौतर्फी दबाब बढ्दै गएको छ । उनको न्यायका लागि अहिले विभिन्न क्षेत्रका व्यक्तिहरू जुट्न थालेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस