ओलीको गृहनगर दमकको मेयरमा राप्रपा विजयी

काठमाडौँ । झापाको दमक नगरपालिकाको मेयर पदमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दीएमालेकी उम्मेदवार गीताकुमारी पौडेलले १६ हजार ९६६ मत प्रप्त गरेकी छन् ।

त्यसैगरी उपमेयरमा भने काँग्रेसकी रेगिना भट्टराईले १७ हजार ७२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत ल्याएका छन् ।

यो नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यस नगरपालिकामा राप्रपा, काँग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप