काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले २७ हजार २८ मत ल्याएर अग्रता बनाइरहेका छन् ।
बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार ५८० मतले अगाडी रहेका छन् । केशव स्थापितले १४ हजार ४४८ मत पाएका छन् ।
त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले १३ हजार ८७९ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ र राप्रपाकी विनिता मगैयाले ३४४९ मत पाएकी छन् ।
काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ५, २८ र ३० को मतगणना सकिएको छ र पाँच वडामा नेकपा एमालेले जितेको छ भने २८ र ३० वडा काँग्रेसले जितेको छ । कूल मतदाता तीन लाख २४२ रहेको काठमाडौँ महानगरमा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।



