भक्तपुर सूर्यविनायक नगरपालिकाको प्रमुख-उपप्रमुखमै एमाले विजयी

काठमाडाैँ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार सूर्यविनायक नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार वासुदेव थापा विजयी भएका हुन् । उनले १४ हजार ७५८ मत ल्याई विजयी भएका छन् ।

थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार निशान ढुंगेललाई १,५२६ मतान्तरले पराजित गरेका हुन् । पराजित निशान ढुंगेलले १३ हजार २३२ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा एमालेकै सरिता भट्टराई (तिमिल्सिना) विजयी भएकी छन् । उनले १४ हजार ४९० मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामसुन्दर बस्नेतले ६,६६१ मत ल्याएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु

काठमाडौं । इटहरीमा म्याजिकले ठक्कर दिँदा आइतबार मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु भएको छ । आज …

प्रतिकृया दिनुहॊस