गठबन्धनलाई हराउँदै घोराही उपमहानगरको मेयर-उपमेयर दुबैमा एमाले विजयी

काठमाडाैँ । दाङको घोराही उपमहानगरपालिमा मेयर र उपमेयर दुवै पदमा एमालेले जितेको छ । सत्ता गठबन्धनलाई हराउँदै मेयरमा एमालेका नरुलाल चौधरी विजयी भएका हुन् ।

चौधरी ३१,७२८ पाएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६,३६८ मत पाएका छन् । चौधरीले शर्मालाई पाँच हजार ३६० मतान्तरले हराएका हुन् ।

उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसीले ३०,४०३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका भूपबहादुर डाँगीले ३०,३५४ मत पाएका छन् । यस उपमहानगरपालिमा गठबन्धन भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री