शेयर बजार : ८ दशमलव ९० अंकले बढ्याे नेप्से

बुधबार शेयर बजारमा सामान्य वृद्धि भएको छ । मंगलबार ८४ दशमलव ९० अंकले ओरालो लागेको बजारमा आज ८ दशमलव ९० अंकले बढेर २ हजार २७४ दशमलव ४२ विन्दुमा पुगेको हो ।

बुधबार २२७ वटा धितोपत्रको ३१ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बुधबार १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढि हाइड्रोपावर समूहको २ दशमलव शून्य ८ प्रतिशतले बढेको हो ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५ करोड ३८ लाख ३० हजार ८५७ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एनवाईईएफ काठमाडौँद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई …

प्रतिकृया दिनुहॊस