काभ्रेको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन्।
अध्यक्षमा (नेकपा माओवादी केन्द्र)का इन्द्रबहादुर थिङ र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा विजयी भएका हुन्।
अध्यक्ष पदमा विजयी थिङले कूल आठ हजार १४६ मतमा चार हजार ४८५ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का शेखर लामाले तीन हजार १५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा जिम्बाले चार हजार ३२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका रुकमेणी गुरुङले दुई हजार ९८७ मत प्राप्त गरिन् ।
तपाईंको प्रतिकृया




