ढिलै भए पनि एमालेले विवेकले काम गर्यो : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन्।

एमालेले मंगलबार संसद् बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पर्थ्याे,’ श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘ढिलै भएपनि विवेकले काम गर्यो । राम्रो गर्यो ।’

एमालेले यसरी नै आत्मसमीक्षा गरे वाम आन्दोलनको हितमा हुने समेत उनले बताएका छन् ।

‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्म्ससमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं,’ उनले भनेका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस