प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य बुधबार (आज) प्रतितोला ९०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९६ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले घटेर ९५ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको छ। मंगलबार १ हजार २६० रुपैयाँ कायम भएको चाँदी आज १ हजार २५० रुपैयाँ कायम भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री