शेयर बजारमा पहिरो, ८४ दशमलव ९० अंकले घट्याे नेप्से

मंगलबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। साताको अन्तिम दिन बिहीबार १८ दशमलव ६४ अंकले घटेको बजार आज ८४ दशमलव ९० अंकले घटेर २ हजार २६५ दशमलव ५२ विन्दुमा झरेको हाे।

मंगलबार २२१ वटा धितोपत्रको ३५ लाख ९५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ६४ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

मंगलबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ। सबैभन्दा बढि अन्य समूहको ५ दशमलव ८३ प्रतिशतले घटेको हो।

आज सबैभन्दा बढि जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक शेयर कारोबार भएको छ। उक्त कम्पनीको ९ करोड ७९ लाख ९ हजार ५१३ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस