धनुषाको तीन वडाध्यक्षमा काँग्रेस विजयी

काठमाडाैँ । जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गरेका छन् ।

त्यस्तै मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेको जनाइएको छ ।

त्यस्तै धनुषाको सबैला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् ।

जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा भने नेकपा (एकीकृत समाजवादी)का सन्तोष गोइतले ४१२ मतप्राप्त गरी निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत ठूलोबाबु दाहालका अनुसार वडासदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग संवाद गर्दै सभामुख

काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन् । …

प्रतिकृया दिनुहॊस