सात पालिकाको नतिजा : एमाले तीन, कांग्रेस र नेकपा (एस) दुई-दुई

काठमाडौं । सबै स्थानीय तह निर्वाचनको मत गणना शुरु भएसँगै नतिजाहरु पनि धमाधम आउन थालेको छ । शनिबार बिहानसम्म विभिन्न सात वटा गाउँपालिकाको नतिजा आइसकेको छ ।

यसअघि तीनवटा पालिका निर्विरोध भएकोमा अन्य चार पालिकाको पनि परिणाम शनिबारसम्म विहान आएको हो । पछिल्लो समय हिमाली जिल्लाको मत परिणाम आउने क्रम बढेको छ । थोरै मतदाता रहेको मनाङ र मुस्ताङमा अन्तिम परिणाम आउन थालेको हो ।

मत परिणाम आइसकेका सात पालिकामध्ये डोल्पाका ३ पालिकामा उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका थिए । बाँकी ४ वटामा एमालेले २ पालिका र कांग्रेसले २ पालिकामा जित हासिल गरेको छ । सात पालिकाको परिणाममध्ये एमाले ३ पालिका, कांग्रेस र नेकपा एकीकृत समाजवादीले २-२ पालिकाको नेतृत्व पाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस