नेपाल बङ्गलादेश बैंक र आईएमई लाईफ ईन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैक र आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा  बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ७१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री