पैसा बाँडेको आरोपमा वडाध्यक्ष नियन्त्रणमा

काठमाडाैंँ । पोखरा वडा नम्बर १६ मा मतदातालाई पैसा बाँडेको आरोपमा वडाध्यक्ष सहित एमाले कार्यकर्ताहरूलाई विपक्षी गठबन्धनका नेता कार्यकर्ताहरूले नियन्त्रणमा लिएका छन् । पैसा बाँडिरहेको आरोपमा १६ नम्बर वडाको घट्टेकुनाबाट वडाध्यक्ष जीवन आचार्य सहितलाई नियन्त्रणमा लिएका हुन् ।

त्यसपछि स्थानीयले प्रहरीलाई बुझाएका थिए । प्रहरीले केहिबेर राखेर सम्झाएपछि छोडेको छ । ‘सूचना आएपछि हामी गयौँ । दुवै पक्षका व्यक्तिहरू हुनुहुँदो रहेछ,’ डीएसपी सुन्दर तिवारीले भने, ‘पैसा चाहिँ सर्च गर्दा भेटिएन । तर सम्बन्धित व्यक्तिहरूलाई मुख्य निर्वाचन अधिकृत कार्यालयमा जिम्मा लगाइएको छ ।’

सूचनाका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट समेत अनुगमन टोली पुगेको थियो । ‘जे आरोप थियो, त्यसअनुसार पैसा चाहिँ भेटिएन,’ अनुगमन अधिकृत निल पनेरुले भने, ‘त्यसपछि हामी छोडेर फर्किएका छौँ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री