तुलसीपुर-१७ काे वडाध्यक्षमा आज मनाेनयन, जेठ ३ गते मतदान हुने

दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका लागि आज मनाेनयन दर्ता हुँदैछ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय ताेकिएकाे छ।

बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए।

तुलसीपुर १७ काे वडाध्यक्षका लागि ३ जेठमा मतदान हुनेछ। अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु भइसकेकाे छ। तर, तुलसीपुर-१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुनेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस