आज वर्षाकाे सम्भावना, कस्ताे हाेला तीन दिनकाे माैसम ?

आज मंगलबार वर्षाकाे सम्भावना रहेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातकाे असर रहेकाे छ।

जसकारण दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

राति पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएकाे छ।

बिहीबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।

शुक्रबार प्रदेश १ र बागमती प्रदेश केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बताएकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा तीन सडक प्रदर्शन, अस्तव्यस्त ट्राफिक व्यवपस्थापन

काठमाडौं । काठमाडौंका तीन ठाउँमा आज प्रदर्शनका कार्यक्रमको आयोजना गरिएको छ । नेकपा एमालेले दरबारमार्गमा …

प्रतिकृया दिनुहॊस