वडाध्यक्षका उम्मेदवार खत्रीको घोषणा पत्र- लालपुर्जादेखि भौतिक पूर्वाधार, शिक्षा र प्रविधिसम्म समेटिए 

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवार दिनेश खत्रीले चुनावी घोषणा पत्रमा भौतिक पूर्वाधारदेखि प्रविधिसम्म समेटेका छन् । यही ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका खत्रीले वडाको समृद्धिका एजेण्डा समेटिएको घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

करिब ७ वर्ष रेडियोकर्मी र कलाकारिताबाट जनतामाझ लोकप्रिय भएका उनी समाज सेवाको लागि राजनीतिमा होमिएका छन् । अहिले पनि समाज सेवामा सक्रिय रहेका खत्री व्यवसायी पनि हुन् । समाजमा देखेको र भोगेका विषयलाई राजनीतिमार्फत उजागर गर्ने ध्येयका साथ जनप्रतिनिधि बन्न चाहेको उम्मेदवार खत्रीको भनाई छ ।

समाज र समाजका समस्या नजिकबाट नियालेका उनले आफ्नो घोषण पत्रमा राजनीतिमार्फत समाज परिवर्तनको उद्देश्यसहितका एजेण्डा समेटेका छन् । लालपुर्जादेखि भौतिक पूर्वाधार, शिक्षा र प्रविधिका विषय उनको घोषणा पत्रमा समेटिएका हुन् । ‘सुकुम्वासी समस्या समाधानसहित हातपातमा लालपुर्जा उपलब्ध गराइनेछ,’ उनको घोषणा पत्रमा भनिएको छ, ‘फोरलेन सडक र हटलेन सडकसंग जोडिएका सम्पूर्ण सडक कालोपत्रेसहित अन्य सडकहरू स्तरोन्नति गरिनेछ ।’

खानेपानीको समस्या समाधान, विद्युत् थ्रि फेज लाइन विस्तार, वडाका प्रत्येक सार्वजनिक स्थलमा फ्री इन्टरनेट, सामुदायिक विद्यालयहरूको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिको विषय पनि घोषणापत्रमा छ । साथै दलित, जेहेन्दार र पिछडिएका विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।

हेर्नुहोस् घोषणा पत्रको पूर्णपाठ :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खेल्दाखेल्दै खाल्टोमा खसेर २ किशोरीको मृत्यु, एक बेपत्ता

काठमाडौं । कञ्चनपुरमा खाल्टोमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । …

प्रतिकृया दिनुहॊस