पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो छैन : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन् । वाशिंगटनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र अझै पनि किभको अवस्थाको बारेमा के गर्ने भनेर पत्ता लगाउन प्रयास गरिरहेको बताए ।

७९ वर्षीया पुटिनले युक्रेनमा आक्रमण गरेर उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र युरोपेली युनियन (इयू) लाई तोड्न सक्छ भन्ने विश्वास गरेर गल्ती गरेको बताए । युक्रेनलाई आफ्नो देश र लोकतन्त्रको रक्षा गर्न र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रुर युद्ध विरुद्धको लडाईर्मा समर्थन गर्ने उनले बताए ।

युक्रेनलाई थप ३३ अर्ब डलर सहयोगका लागि राष्ट्रपति बाइडेनले स्वीकृति जनाइसकेका छन् । यसैबीच, रुसी सेनाले पूर्वीयुक्रेनमा आफ्नो हमला जारी राखेको छ । २४ फेब्रुवरीमा हमला गरेको रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको छ ।

रुसी हमलामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय (ओएचसीएचआर) ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान पनि एचसीएचआरले गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस