आज भृकुटीमण्डपमा चुनावी सभा गर्दै एमाले

काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा चुनावी सभा गर्ने भएको छ । देशका ठूला शहरमा चुनावी सभा सम्पन्न गरेको एमालेले आज काठमाडौँमा गर्न लागेको हो ।

सभालाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । स्थानीय चुनावका लागि अन्तिम सभा आज काठमाडौँमा गर्न लागिएको एमाले काठमाडौँ जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए ।

सभामा काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खेल्दाखेल्दै खाल्टोमा खसेर २ किशोरीको मृत्यु, एक बेपत्ता

काठमाडौं । कञ्चनपुरमा खाल्टोमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । …

प्रतिकृया दिनुहॊस