पुथाउत्तरगंगामा महिलाको शव फेला

काठमाडाैँ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगंगा-११ मा सोमबार स्थानीय ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार पुथाउत्तरगंगा-११ स्थित उपल्लोसेरास्थित जंगलमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा उक्त शव जुनमाया बुढाको भएको खुलेको हो ।

शव पोष्टमार्टमका लागि रुकुमपूर्व अस्पताल रुकुमकोटमा राखिएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाको कारण खुल्ने प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री