सरकारले दियो धुर्मुस सुन्तली फाउण्डेशनलाई ६९ लाख

काठमाडौ‌ं । वीर अस्पतालको सरसफाइ गरेवापत  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  धुर्मस-सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

गत साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस- सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरेवापतको रकम उपलब्ध गराउन निर्णय दिएपछि मन्त्रालयले उक्त रकम उपलब्ध गराउन वीरलाई निर्देशनसमेत दिएको छ ।

‘वीर अस्पतालको सरसफाइ गर्ने क्रममा धुर्मुस -सुन्तली फाण्डेशनलाई रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री