राप्रपाका उम्मेदवारमाथि एमालेको सांघातिक आक्रमण, पार्टीले गर्‍यो कारबाहीको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेदवार र कार्यकर्तामाथि भएको आक्रमणको निन्दा गरेको छ । धनुषा र रुकुम पश्चिममा राप्रपामा भएको आक्रमणको निन्दा गरेको हो ।

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठकाअनुसार धनुषाको सबैलाई नगरपालिका-४ मा राप्रपाका वडा सदस्यका उम्मेदवार समशुल राइन मिया माथि एमाले कार्यकर्ताले आक्रमण गरेका छन् ।

घरदैलो गरिरहेका बेलामियामाथि एमाले कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । तर मियाले पछि नहट्ने अडान लिएपछि उनी र उनको ७ जना परिवारका सदस्यमाथि आक्रमण भएको श्रेष्ठले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । राप्रपाले घटनामा संलग्नलाई पक्राउ गर्न र घाइतेको उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।

यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ मा राप्रपाबाट वडाध्यक्ष पदका उम्मेदवार लिलिवीर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर आक्रमण गरेको छ । त्यहाँ झण्डा च्यातेर फालिदिने र उम्मेदवारलाई लछारपछार गरिएको घटना भएको हो ।

राप्रपाले आफ्नो चुनावी प्रतिबद्धतासहित घरदैलोमा पुगिरहेका राप्रपाका उम्मेदवारमाथिको आक्रमणले लोकतान्त्रिक अधिकारको उपहास भएको जनाएको छ । भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगलाई राप्रपाले आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री