चुनाव प्रचार गरेर फर्किने क्रममा भीरबाट लडेर मृत्यु

काठमाडाैँ । प्यूठानको नौवहिनी गाउँपालिका-२ लिघामा लडेर आइतबार राति एक जनाको मृत्यु भएको छ । चुनाव प्रचारप्रसार गरेर घर फर्कने क्रममा चिप्लेर भीरबाट लडेर स्थानीय ५१ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले बताएको छ ।

थापाको शव पोष्टमार्टमका लागि प्यूठान अस्पताल लगिएको नौवहिनी गाउँपालिका अध्यक्षका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए । मृतक थापा नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन् । स्थानीय तह निर्वाचनमा नौवहिनीमा माओवादी र कांग्रेसको चुनावी गठबन्धन छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अल्पमतमा परेको सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न एमालेको आग्रह

काडमाडाैं । नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकार अल्पमतमा परेको बताएको छ …

प्रतिकृया दिनुहॊस