सर्पको टोकाइबाट सुर्खेतमा किशोरीको मृत्यु

सुर्खेत । सुर्खेतमा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीया हरिकला उपाध्यायको बिहान शौचालय गएका बेला सर्पले टोकेर मृत्यु भएको हो ।

सर्पले टोकेपछि गाउँमै झारफुक गर्दा उनको मृत्यु भएको स्थानीयले बताएका छन् । बाढी पीडित विस्थापित शिविरमा बस्दै आएकी हरिकला स्थानीय जनज्योति आधारभुत विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री