मुक्तिनाथ विकास बैंकको शाखा सिन्धुलीको कमलामाईमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको शाखा  सिन्धुलीको कमलामाईस्थित धुराबजारबाट औपचारीक रुपमा कारोबार सुरु गरेको छ । उक्त शाखाको समुद्घाटन कमलामाई नगरपालिकाका मेयर खड्ग वहादुर खत्रीले गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना ९५ वटा शाखा, १५ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, ए.टि.एम.कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । हालै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस