फाइल फाेटाे

स्थानीय निर्वाचन : नेपाल-भारत सीमाको दशगजामा कडाइ

काठमाडाैँ । बाँकेको नेपाल-भारत सीमाको दशगजा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध घटना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै नाकामा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अहिले जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको र दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती समेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रनाउ न्यौपानेले सीमा क्षेत्रमा नेपाल र भारतको तर्फबाट आज बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निणर्य लिने जानकारी दिँदै त्यसका लागि नेपालको तर्फबाट तयारी भइरहेको बताए ।

सो बैठकले निर्वाचनलाई ध्यानमा राखेर नेपालगञ्जको मुख्य नाका ७२ घण्टाका लागि बन्द हुनेलगायतका निणर्य हुने बताइएको छ । सीमा क्षेत्रको जमुनाह गेटबाट पश्चिम सुक्खा बन्दरगाह क्षेत्र र सो अगाडि साइगाउँसम्म सुरक्षाकर्मीले संयुक्त गस्तीसमेत गर्नेछन् । जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस