अपमानको दाइँ लगाउनेप्रति हाम्रो घृणा छ : चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले चुनावमा बागी उठेकाहरूको सम्मान गर्नुपर्ने बताएका छन् । पार्टीले बागीलाई धमाधम कारबाही गरेपछि नेता भण्डारीले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

विद्रोहको अपमान होइन सम्मान गर्नुपर्ने उनको भनाई छ । ‘हामी चुनावी मैदानमा छौँ, हाम्रो चुनाव छ । हामी सबैखाले विभेदको विरोधमा छौँ तर, चुनाव जिताउने अभियानमा छौँ,’ उनले भनेका छन्, ‘विद्रोहलाई सम्मान गर्दछौँ अपमान होइन । सिक्नु पर्दछ आफैबाट भन्ने मत हामी राख्दछौँ ।’

उनले आफूहरू आफ्नो घरमा आगो लगाएर डेरा खोज्दै हिँड्ने नभएको पनि उल्लेख गरे । ‘आफ्नो घरमा आगो लगाएर डेरा खोज्दै हिँड्ने हामी होइनौँ । हाम्रो देश, हामी नेपाली, हाम्रो प्रजातन्त्र, हाम्रो पार्टी हाम्रा लागि सबैभन्दा प्यारा छन् तर, अपमानको दाइँ लगाउनेप्रति हाम्रो घृणा छ,’ उनले अगाडी भनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस