काठमाडौँ । देशभरका स्थानीय तहमा उम्मेदवार मनोनयनको सङ्ख्या १ लाख ४१ हजार ४ सयभन्दा बढी पुगेको छ । निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ४१ हजार ४ सय ६८ जनाले मनोनयन दर्ता गराएका छन् ।
राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको नामावली प्रकाशन हुने छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तय भएको छ ।
तपाईंको प्रतिकृया




