एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्नेलाई ५,००० सम्मको छुट योजना

गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा रू. ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ।

जसअनुसार Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV र Alt Balaji का अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा NIC ASIA MoBank मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त हुनेछ । यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्णरुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेल मार्फत उल्लेखित मर्चेन्टहरु द्वारा प्रदान गरिएको Promo code वा Discount link पठाउने व्यवस्था गरेको छ । बैंकले पठाएको Promo code वा Discount link प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सकिनेछ । यो योजना ०७९ आषाढ मसान्तसम्म लागू हुनेछ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबर्द्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।

यो योजनाबाट लाभ लिनका लागि ग्राहकहरुले यस बैंकको वेबसाइट www.nicasiabank.com मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरि सहजरुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ । यसरी अनलाईन खाता खोले पश्चात् ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई KYC form भरी आफ्नो अनलाईन खाता पूर्णरुपमा सुचारु गर्नुपर्नेछ । हाल अनलाईन खाता खोल्ने प्रक्रिया चुनौतीपूर्ण रहेको अवस्थामा बैंकले अनलाईन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ग्राहकहरुलाई Missed call बाट नै सहजरुपमा खाता खोल्ने योजना ल्याएको छ । जसअनुरुप ग्राहकहरुले ९८०१२२७७५५ मा Missed call दिए पश्चात् निजले बैंकबाट अनलाईन खाता खोल्ने लिंकसहितको एसएमएस प्राप्त हुनेछ र बैंक प्रतिनिधिले समेत निजलाई सम्पर्क गरि अनलाईन खाता खोल्ने प्रक्रिया बारे विस्तृतरुपमा सहयोग प्रदान गर्ने व्यवस्था रहेको छ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस