किभको चिहान गृहमा एक हजार २० शव

एजेन्सी । युक्रेनको राजधानी किभमा रहेको चिहान गृहमा एक हजार २० शव राखिएको सरकारी अधिकारीले बिहीबार जनाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीले दाबी गरेका छन् ।

‘ती शवहरू सडक तथा विभिन्न घरहरूबाट संकलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,’ एक अधिकारीले भने । देशका अन्य ठाउँहरूमा पनि शवहरू छरिएको र संकलन गर्ने कार्य भइरहेको बताइएको छ ।

रुसले युक्रेनमाथि गत फेब्रुअरी २३ मा आक्रमण थालेपछि हजारौंको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएको दाबी गरिएको छ । आक्रमण रोक्न सर्वत्र विरोध र दबाब भए पनि रुसले भने आक्रमण जारी राखेको छ । आक्रमण भएको सुरुका केही दिनमा चरण-चरणमा दुईपक्षीय वार्ता भए पनि निष्कर्ष निकाल्न नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस