तातो कुँडोमा डुब्दा बालिकाको मृत्यु

काठमाडाैँ । तनहुँमा तातो कुँडो (खोले) मा डुब्दा एक बालिकाको मृत्यु भएको छ । गाईबस्तुलाई पकाइएको तातो कुँडोमा डुब्दा भानु नगरपालिका-१२ रतनपुरकी दुई वर्षीया बालिका आरोही घर्तीको मृत्यु भएको हो ।

तातो कुँडोमा परेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी युवराज खड्काले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री