गोरूसिंहेस्थित गणभित्रै गोली चल्दा घाइते भएकी सैनिकको निधन

काठमाडौँ । कपिलवस्तुको गोरूसिंहेस्थित नेपाली सेनाको समशेर दल गणभित्र गोली चल्दा महिना सैनिककाे निधन भएको छ । बुधबार साँझ ७ बजेतिर गोली चल्दा गणको भित्री पोष्टमा कार्यरत झापा गौरादह-१ कि २४ वर्षीया कोपिला राजवंशी गम्भीर घाइते भएकी थिइन् ।

उनको छाती र पेटमा दुई वटा गोली लागेकी उनको आज बिहान भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचारका क्रममा निधन भएको हो । गोली लागेको अवस्थामा उनलाई बुधबार राती लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो तर, त्यहाँ उपचार हुन नसकेपछि तत्कालै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा पुर्‍याइएको थियो ।

राजवंशीको बिहान मृत्यु भएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जेसी शाहले पुष्टि गरे । उनका अनुसार उपचारका लागि राति नै काठमाडौँ लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो ।

सैनिक स्रोतले राजवंशी आफैँले गोली चलाएको दाबी गरे पनि घटना कसरी भएकोबारे अहिलेसम्म खुलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस