काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ ।
आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै आज चाँदीको मुल्य भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया



