काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानीज ल्ययाङ्वेज स्कुल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा विद्यार्थी भेला आयोजना गरेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जापान जान लागेका विद्यार्थीहरूलाई जापानी संस्कृतिका बारेमा जानकारी दिनुका साथै जापान पुगेपश्चात् आफूले मिहिनेत गरेर कमाएको पैसा बैंकिङ च्यानलमार्फत मात्र पठाउन उत्प्रेरित गरे ।
कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेताहरूलाई ‘सिटी आयो पुरस्कार ल्यायो’ योजनाअन्तर्गत जनही १० हजार रुपैयाँ पुरस्कार विद्युतीय लक्की ‘ड्र’ सिस्टममार्फत विजेता घोषणा पनि गरिएको जनाइएको छ ।
तपाईंको प्रतिकृया




