पछिल्लो अमेरिकी प्रतिबन्ध पुटिनका छोरीहरूप्रति लक्षित

बीबीसी । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागु गरेको छ । उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख ब्याङ्कहरू पनि समावेश छन् ।

युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो । यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट भेटिएको थियो । रुसले भने प्रमाणबिना किएभले त्यस्तो तस्बिर सार्वजनिक गरेको जनाएको छ ।

भूउपग्रहबाट खिचिएका तस्बिरहरूले बुचा सहर रुसीहरूको नियन्त्रणमा हुँदा सर्वसाधारण मारिएका देखिए पनि बुधवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने घटनालाई किएभको सत्ताले गरेको अशिष्ट अनि स्वार्थपूर्ण उत्तेजनाको संज्ञा दिएका छन्  ।बुचामा भएको हत्याबारे आफ्नो धारणा राख्दै बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले ठूलो युद्ध अपराधभन्दा अरू केही नभएको टिप्पणी गरेका छन् ।

अमेरिकाले पुटिनका छोरीहरू लक्षित पछिल्ला प्रतिबन्धहरू किन लागु गर्‍यो भन्ने प्रश्नमा बाइडन प्रशासनका एकजना वरिष्ठ अधिकारीले पुटिनको केही सम्पत्ति उनका छोरीहरूको नियन्त्रणमा रहेको हुनसक्ने आफूहरूको बुझाइ रहेको बताए । अमेरिका र ब्रिटेनले सार्वजनिक गरेका पछिल्ला प्रतिबन्ध प्रमुख रुसी ब्याङ्क अनि त्यहाँका धनाढ्यप्रति लक्षित रहेको बताइएको छ ।

रुसको सबैभन्दा ठूलो वित्तीय संस्था स्वीएरब्याङ्कको अमेरिका र यूकेमा रहेको सम्पत्ति रोक्का गरिएको छ । रुसमा थप ब्रिटिश अनि अमेरिकी लगानीमा पनि प्रतिबन्ध लागु छ । -बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस