बिहीबार सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । सुनको मूल्य बिहीबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने १० रुपैयाँ घटेको छ । बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री