सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ कायम

सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ।

यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ ताेकिएकाे छ।

चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री